दलित जन कल्याण युवा क्लब लहान–१०
Dalit Jana Kalyan Yuba Club Lahan-10 Siraha
info@djkyc.org
033 - 561299

खानेपानीको धारा जडानका गर्न आवश्यक सामाग्रीहरु खरिदका लागि सिलबन्दी बोलपत्र आह्वानको सुचना

३१ असार २०८२, मङ्गलवार

खानेपानीको धारा जडानका गर्न आवश्यक सामाग्रीहरु खरिदका लागि सिलबन्दी बोलपत्र आह्वानको सुचना

Job posted on 16 Jul, 2025Apply before 22 Jul, 2025

Dalit JanKalyan Yuba Club Lahan

 

Details / requirements:

खानेपानीको धारा जडानका गर्न आवश्यक सामाग्रीहरु खरिदका लागि सिलबन्दी बोलपत्र आह्वानको सुचना
 

दोस्रो पटक प्रकाशन मिति १६ जुलाई २०२५ (३२ असार २०८२)

दलित जनकल्याण युवाक्लव, लहान एक गैर धार्मिक, गैर राजनैतिक र गैर नाफामूलक बिशुद्ध सामाजिक संस्था हो । यस संस्थाले विगत २४ वर्ष देखि बिभिन्न दातृ निकायहरुको साझेदारीमा सिरहा, सप्तरी, उदयपुर, सुनसरी र धनुषा जिल्लाहरुमा महिला अधिकार, शिक्षाअधिकार, जिबिको पार्जन, विपद उत्थानशील समुदाय निर्माण र वासको क्षेत्रमा काम गर्दै आएको छ । 

त्यसै गरी विगत ६ बर्ष देखि वाटरएड नेपालको सहयोगमा लहान नगरपालिका, नेपाल खानेपानी संस्थान र दलित जनकल्याण युवा क्लव द्धारा द बिकन परियोजना लहान नगरपालिकामा समेत संचालन हुदै आएको छ । यसै सन्दर्भमा लहान नगरपालिका अन्तर्गत शुद्ध खानेपानीको लागि यस बर्ष नेपाल खानेपानी संस्थानसंग सहकार्य गरी दलित वस्तीहरुमा धारा जडान गर्नका लागि तपशिल बमोजिम सामाग्रीहरु आवश्यक भएको हुँदा सोको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग बिगतमा समेत काम गरेको र काम गर्न ईच्छुक नेपाली ईजाजत प्राप्त फर्म/कम्पनीहरुलाई माँग गरिए बमोजिम आवश्यक कागजात (कर चुक्ता २०८०/२०८१, फर्म/कम्पनीको नबीकरण गरिएको कागजातहरु र काम गरेको अनुभव) सहित गोप्य सिलबन्दी बोलपत्र तोकिएको ढाँचामा २२ जुलाई २०२५ (६ श्रावण २०८२) साँझ ५ बजेसम्म दलित जनकल्याण युवा क्लव, लहानको कार्यालयमा बुझाउन आह्वान गरी यो सुचना प्रकाशित गरीएको छ ।

Terms and Conditions of Tender Document

Link: https://drive.google.com/uc?export=download&id=1p1d3IOi0V2w3xkJNdCdLxQNvwPvUjzKO

नोट: शिलबन्दी बोलपत्र फारम दलित जनकल्याण युवा क्लव लहानको कार्यालयबाट १७ जुलाई २०२५ (०१ श्रावण २०८२) विहान १०:०० बजे देखि दिउसो ५ बजेसम्म तथा दिएको लिंकबात प्राप्त गर्न सकिनेछ । साथै बोलपत्र पेश गर्ने अन्तिम मिति विदाको दिन परेमा १ दिन पछिको मितिलाई आधार मानिनेछ भने तपाईले तयार गरेको टेण्डर फर्म सक्कल नै कार्यलयमा बुझाउन पर्नेछ ।

शिलबन्दि बोलपत्र प्राप्त र पेश गर्ने ठेगाना:

दलित जनकल्याण युवा क्लव लहानको कार्यालय लहान १४, प्रदिपगिरी आश्रम, वस्तीपुर सिरहा

मोवाईल न. ९८४१३६३३९१, ९८२४७९६९४९

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
डिजाइन र विकास टेकवेयर प्रा. लि. द्वारा गरिएको.