आवश्यक सामाग्रीहरू खरिदका लागि रोष्टरमा सुचिकृत हुने सूचना आह्वान
दलित जनकल्याण युवा क्लव, लहान एक गैर धार्मिक, गैर राजनैतिक र गैर नाफामूलक बिशुद्ध सामाजिक संस्था हो । यस संस्थाले विगत २५ वर्षदेखि विभिन्न दातृ निकायहरूको साझेदारीमा सिरहा, सप्तरी, उदयपुर, सुनसरी, धनुषा र महोतरी जिल्लाहरूमा महिला अधिकार, शिक्षा अधिकार, जिबिको पार्जन, विपद उत्थानशील समुदाय निर्माण, वास र खाध्य सुरक्षाको क्षेत्रमा काम गर्दै आएको छ ।
त्यसै गरी विभिन्न साझेदार संस्थाहरूको सहयोगमा सिरहा तथा अन्य जिल्लाका पालिकाहरूमा दलित जनकल्याण युवा क्लव द्वारा बिकन परियोना, एकिकृत जिबिको पार्जन सुधार कार्यक्रम तथा किशोरी शिक्षा कार्यक्रम, हरवा चरवाह सशक्तिकरण कार्यक्रम साबास परियोजना र वाल प्रायोजित कमनिकेशन परियोजनाका कार्य सञ्चालन गर्दै आईरहेका छन् । यसै सन्दर्भमा तपशिल बमोजिम सामाग्रीहरू आवश्यक भएको हुँदा सोको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग बिगतमा समेत काम गरेको र कामगर्न ईच्छुक नेपाली ईजाजत प्राप्त फर्म/कम्पनीहरूलाई संस्थाको रोष्टरमा सुचिकृत हुनको लागि आवश्यक कागजात (कर चुक्ता २०८१/२०८२ र फर्म/कम्पनीको नबीकरण गरिएको कागजातहरू) सहित १६ अप्रिल २०२६ (३ वैसाख २०८३) साँझ ५ बजेसम्म दलित जनकल्याण युवा क्लव, लहानको कार्यालयमा दर्ता गराउन तथा तल दिएको ईमेल ठेगाना पठाउन यो सूचना प्रकाशित गरीएको छ ।
आवश्यक सामाग्रीहरूको विवरणः
- निर्माण सामाग्री:
- हार्ड वेयरको सामाग्रीहरू (सिमेन्ट, रड)
- सेनिटरी सामान (प्यान सेट, कमोट, धारा, पाईप, फिटिङ्ग)
- प्लम्विङको सामान (सिपिभिसि )
- कलरको सामान (रंग रोगन)
- टायल्सको सामान
- अल्मुनियमको झ्याल, ढोका, रेलिङ, फिक्स भेन्टिलेशन तथा सामान
- विजुलीको सामान (बिजुलीतार, बोर्ड, बल्ब, स्वीच, पावर सकेट आदि)
- ईटा (सिङ्गो र टुक्रा)
- वालुवा, गिट्टी, रोडा, ढूंगा र भरोट माटो
- ग्रिल, सि.जि.आइ.जस्ता, स्कोइर र राउण्डपाइप सामान
- तालिम तथा कार्यशाला गोष्ठीको लागि होटेल सम्बन्धी सेवा सुविधाहरू (लज, हल, खाजा, खाना, कोल्डड्रि पानी)
- कार्यलयमा आवश्यक पर्ने स्टेसनरी तथा तालिम सामाग्रिहरू (कपि, कलम, न्यूजप्रिन्ट, मार्कर, डायरी, स्पाइरल, स्टेपलर आदि)
- ब्यानर, विभिन्न प्रकारका प्रिन्ट साथै होडिङ बोर्डको लागि ।
- लिकेजका सामाग्रीहरू (इजिक्लाइम्प, मेकेनिकलकपलिंक, स्याडल आदि )
- स्वच्छता व्यावहार परिवर्तनका सामाग्रीहरू (म्यानुअल बुक, ब्यानर, फ्पि चार्ट, स्टिकर, ब्यानर, ब्याच, आदि)
- शिक्षा, स्वास्थ्य, पोषण, सरसफाई स्वच्छता सम्वन्धि श्रब्य दृश्य सामाग्री
- पिपिई सेट तथा सामाग्रीहरू (ज्याकेट, हेलमेट, गमबुट, चस्मा, ग्लोब्स)
- चापाकल तथा बोरिङ गाड्ने सेवाप्रदायक संस्था (कल, पाईप, फिटिङ्ग , जाली आदि)
- शौचालय निर्माण सेवाप्रदायक संस्था
- सिकाई मैत्री कक्षाकोठा रंग रोगन
- सवारी साधान (दुई पाङग्रे, चार पाङग्रे) कार्यक्रमका लागि कार, स्कारपियो, तथा कार, मिनी वस तथा बस
- सिटी (अटोरिक्सा) चालक तालिम सेवा (चालक)
- बाँसका सामाग्री निर्माण तालिम (नाङ्गलो तथा मुढा)
- समुदाय स्तरमा हुने कार्यक्रमको लागि खाना, खाजा, पानी, विस्कुट र फ्रुटी
- खानेपानीको गुणस्तर जाच सेवाप्रदायक सस्था
- फर्निचर तथा जेण्डर डेक्सका समानहरू (दस्ना, तन्ना, तकिया, पर्दा आदि)
- एयर कण्डिसन (AC) तथा ईलेक्ट्रिकल सामानहरू
- ब्याग, ज्याकेट, रेनकोट, छाता र टोपि )
- लत्ता कपडाहरू तथा रेडीमेड कपडाका सामाग्रीहरू
- पोषण, स्वास्थ्य, सरसफाई र स्वच्छता प्रवर्धनका सामाग्रीहरू
- बालविकास तथा आधारभुत तहका लागि शिक्षण तथा मनोरञ्जनात्मक सामाग्रीहरू
- प्रेस तथा प्रिन्ट सम्बन्धी सेवाहरू (खातापाता, पासबुक, कापी,तथा अन्य छपाई Banner/Plaque/pain सेवाहरू)
- कृषीऔजार तथा उपकरणहरू –मिनिटिल्लर, हजारी, पम्प, टनेल प्लास्टिक, IPM Kits, Grow Bag
- विउविजन (खाद्यान्न तथा तरकारी)
- फलफुलका विरुवा (नर्सरी)
- तालिम सहजिकरण
- सामाजिक परिचालन
- प्रतिवेदन लेखन, संपादन तथा प्रकाशन
- परिणाममुखी परियोजना व्यवस्थापन
- पोषण तथा सरसफाई स्वच्छता सम्बन्धि एकिकृत तालिम
- GEDSI (Gender Equality, Disability and Social Inclusion) तालिम
- ईलेक्ट्रोनिक्स उपकरणहरू (स्पिकर, ल्यापटप आदी)
- कार्यालयमा प्रयोग गरिने फर्निचरहरू समाग्रीहरू (दराज कुर्सी, टेबुल, डेक्स, आदि)
- भवन निर्माण सम्बन्धि काम गर्ने फर्म ।
- फोटो प्रिन्ट गर्न फोटोल्याव
- सडक नाटक सम्बन्धित कार्य गर्ने
- डकुमेन्ट्री सम्वन्धि काम गर्ने
- रेडियो सम्बन्धी सेवाहरू (कार्यक्रम, जिङगल)
नोट:- उल्लेखित सेवा तथा सामाग्रीहरू आपूर्ति गर्न ईच्छुक सेवाप्रदायक व्यवसायीक फर्म, परामर्शदाता संस्था तथा व्यक्तिले सूचिकरणका लागि तल उल्लेखित ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ ।
संस्थाको नाम:- दलित जनकल्याण युवा क्लव
ठेगाना:- लहान १४, प्रदिपगिरी आश्रम, वस्तीपुर, सिरहा
ईमेल:- procurement@djkyc.org
मोवाईल न. ९८४१३६३३९१